Information is intelligence
HomeHealthनेपालमा थप ११११ जनामा कोरोना भाइरसको संक्रमण, उपत्यकमा थपिए ३७७

नेपालमा थप ११११ जनामा कोरोना भाइरसको संक्रमण, उपत्यकमा थपिए ३७७

- Advertisement -spot_img

काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ११११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३५ हजार ५२९ जना पुगेको छ।

देशभर रहेका संक्रमितमध्ये १५१ जना आइसियुमा र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

बिहीबार काठमाडौंमा  २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१  संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा थप ५६९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २० हजार ७३ उपचारपछि निको भएका छन्।

नेपालमा हालसम्म १८० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु