Information is intelligence
HomeOpinionकुलमानलाई पुनर्नियुक्ति नगर्दा समर्थकले सरकार ढालिदिए भने आश्चर्यचकित नहुँदा हुन्छ

कुलमानलाई पुनर्नियुक्ति नगर्दा समर्थकले सरकार ढालिदिए भने आश्चर्यचकित नहुँदा हुन्छ

- Advertisement -spot_img

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त पदमा निरन्तरता पाउने नपाउने अन्योल देखिन थालेको छ। उनको पछिल्लो कार्यशैली प्रति प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री वर्षमान पुन दुवै असन्तुष्ट भएका खबर पनि सार्वजनिक हुन थालेका छन।

बिगतमा दिनहु १८ घण्टासम्म लोडसेडिङको मारमा जनतालाई गुम्स्याउनेहरु फेरी नियुक्तिका लागी मन्त्रीनिवास धाउन थालेका खबरहरु पनि बाहिरिरहेका छन। यिनै चाकरीबाजहरुले घिसिङले सामाजिक सञ्जालमार्फत् आफ्नो पुनः नियुक्तिका लागि दबाब बढाउने गरी रणनीतिका साथ अभियान चालेको भ्रमपूर्ण रिपोर्टसमेत बालुवाटारमा बुझाएर आफ्नो पोल्टामा नियुक्ति पार्ने दाउ रच्दैछन्।

आफ्नो चारवर्षे कार्यकाल पुरा हुनै लाग्दा घिसिङ्ले नेपाली नागरिकलाई दैनिक १८ घण्टा सम्मको लोडसेडिङकाे मारबाट मुक्त मात्रै गराएनन् अर्बौँ घाटा बेहोरिरहेको नेपाल बिधुत प्राधिकरणलाई अर्बौँ नाफाको बाटो समेत देखाइसकेका छन्।

आफ्नो जिम्मेवारीमा दक्ष कार्यकुशलता देखाइसकेका उनै घिसिङको कार्यशैली नजिकबाट नियालिरहेका नेपालीजनलाई उनको कार्यगत क्षमता मन नपर्ने कुरै भएन।

घिसिङकाे चारवर्षे कार्यकाल सकिएर  सरकारले प्राधिकरणका कार्यकारी निर्देशक नियुक्त गर्ने समय नजिकिँदै गर्दा नागरिकले घिसिङ्लाई नै पुन: कार्यकारी निर्देशकमा नियुक्त गर्नुपर्ने दबाब सिर्जना गर्न थालेका छन ।  १८ घण्टासम्मको लोडसेडिङकाे मारबाट मुक्ति दिलाएका घिसिङ्बाट नागरिकलाई अझै आशा र भरोसा हुनु नौलो कुरा भएन।

आफ्नो नैतिकता, क्षमता र योग्यता केहीपनि देखाउन नसक्ने  साम्सद र मन्त्रीहरु बारम्बार सरकारी पदमा दोहोरिरहने, नेताहरुको आफन्त भनेपछी  राजनीतिक नियुक्तिहरु पाइरहने सँस्कार नियालिरहेका र भोगिरहेका नागरिकहरूले एक दक्ष र कुशल प्रशासकलाई किन दोहोर्याउन नहुने भन्ने जस्ता अभियानहरु पनि चलाऊन थालेका छन।

हुन त नेपाललाई सतिले सरापेको देश भनेर भन्ने गरिन्छ। यहाँ राम्रा मान्छेहरुको भलो हुँदैन भन्ने पनि चलन छ। तर यसो भन्दैगर्दा घिसिङजस्ता कुशल प्रशासकलाई सरकारले पुन: नियुक्ति गर्ने आधार हुँदाहुँदै पनि पुन: जिम्मेवारी दिन आनाकानी गरिन्छ भने नागरिकको मनमस्तिस्कमा बसेका घिसिङका शुभचिन्तक र समर्थकले आफ्नै पार्टीका तीन ठुला नेताले चाहेर पनि ढाल्न नसकेका दुई तिहाइको नाम पाएको के.पि ओली नेतृत्वको सरकार ढालिदिए भने आश्चर्य नमान्दा हुन्छ।

सुजन रमण
धादिङ्ग, हाल काठमाडौं


तपाईंका कुनै लेख तथा विचारहरु छन् भने हामीलाई durbartimes@gmail.com मा पठाउन सक्नु हुन्छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु