Information is intelligence
HomeNewsहावाहुरीले मकैबालीमा क्षति

हावाहुरीले मकैबालीमा क्षति

- Advertisement -spot_img

जोरायल गाउँपालिकामा आएको हावाहुरी तथा ठूलो वर्षाले किसानले लगाएको मकैबालीमा नोक्सानी गरेको छ । बुधबार साँझ आएको हावाहुरीसँगैको वर्षाले उक्त गाउँपालिकाका वडा नं ३ र ४ का किसानले लगाएको मकै खेती पुरै ढलाएर सोत्तर बनाएको जोरायलका बासिन्दा तीर्थराज भट्टले बताए ।

त्यहाँका किसानले लगाएको सयौँ रोपनी खेतको मकै हावाहुरीले बोटबाटै ढलाएपछि काम नलाग्ने अवस्थामा रहेको किसान बताउँछन् । हावाहुरीले ढलाएका अर्थात् भाँचिएका मकै किसानले काटेर गाइबस्तुलाई खुवाउन थालेको किसान भक्त थापाले बताए । गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले हावाहुरीले मकै बालीमा गरेको क्षतिका बारेमा जानकारी नआएको बताए । उनले भने, “कहाँ केकति क्षति भयो खबर आएको छैन, आएपछि राहतका लागि आवश्यक पहल गछौँ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु