Information is intelligence
HomeNewsसवारी तोडफोड गर्ने चार पक्राउ

सवारी तोडफोड गर्ने चार पक्राउ

- Advertisement -spot_img

पृथ्वीराजमार्गस्थित तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा सडकछेउमा रोकिराखेको ट्रक तोडफोड गरेको अभियोगमा चार युवा पक्राउ परेका छन् । ना ५ ख १६५० नं को ट्रकमा बुधबार राति ढुङ्गामूढा गरी चालकलाई हातपात गरेको अभियोगमा प्रहरीले चार युवालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका–२ घर भई हाल व्यास–१ बस्ने १९ वर्षीय मनिष श्रेष्ठ, व्यास–१ बस्ने २७ वर्षीय अनुप दुरा, व्यास–१ नयाँबस्ती बस्ने २२ वर्षीय नकुल गुरुङ र व्यास–६ घर भइ व्यास–१ बस्ने १८ वर्षीय सुरेन्द्र गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । पक्राउ परेका विरुद्ध जिल्ला प्रशासन कार्यालयबाट आज म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु