Information is intelligence
HomeScience & Technologyकास्कीमा नेपाल प्रहरीको ‘मोबाइल एप’ सञ्चालनमा

कास्कीमा नेपाल प्रहरीको ‘मोबाइल एप’ सञ्चालनमा

- Advertisement -spot_img

जिल्ला प्रहरी कार्यालयले गण्डकी प्रदेशमा पहिलोपटक प्रहरीको काम कारवाहीलाई प्रविधिमैत्री बनाउने उद्धेश्यले ‘पाइलट प्रोजेक्ट’का रुपमा ‘नेपाल पुलिस मोबाइल एप’ सञ्चालनमा ल्याएको छ ।

समुदायमा घट्ने आपराधिक क्रियाकलाप, घटना तथा सूचनालाई छिटो छरितो र प्रविधियुक्त तवरबाट सम्बोधन गरी थप क्षति हुन नदिन तथा अपराधीलाई तत्काल नियन्त्रण गर्न प्रहरी प्रधान कार्यालयले विकास गरेको सो एपले सघाउने विश्वास सहित सञ्चालनमा ल्याइएको हो । कार्यालयले आज ‘भिडियो कन्फ्रेन्स’मार्फत पत्रकार सम्मेलन गरी एप सार्र्वजनिक गरेको छ ।

जिल्लाको समग्र शान्ति सुरक्षा तथा अमनचयन कायम राख्ने उदेश्यले थप सूचनाको माध्यमका रुपमा एप गण्डकी प्रदेशमै पहिलो पटक शुभारम्भ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए।

‘एन्ड्रोइड’ र ‘आइफोन’ दुवै सेटमा सञ्चालन हुने एप्स डाउनलोडपछि सर्वसाधारणले घटनाका बारेमा आफू रहेकै स्थानबाट प्रहरीलाई जानकारी गराउन सक्ने र प्रहरी कार्यालयसम्म आउनुपर्ने बाध्यता नहुने भएकाले समयको समेत बचत हुने उनको भनाइ छ ।

घरेलु हिंसा, लुटपाट चोरी, ज्यानसम्बन्धी, सवारी दुर्घटना, ठगी, यौनजन्य अपराध, लागुऔषध, मानिस हराएको, हातहतियार तथा विष्फोटक पदार्थ सम्बन्धी जानकारीका बारेमा प्रहरीलाई सो माध्यबाट रिर्पोटिङ गर्न सकिने व्यवस्था गरिएको छ ।

त्यसैगरी नजिकको प्रहरी कार्यालयका सम्पर्क नम्वर, प्रहरी सन्देश तथा समाचार, आपत्कालिन सम्पर्क नम्बर एप्समा समावेश गरिएको छ । गुगल प्लेस्टोरबाट सो एप डाउनलोड गरी सञ्चालन गर्न सकिनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु