Information is intelligence
HomeNewsएक्काइस घण्टा बित्दा शव उठेन

एक्काइस घण्टा बित्दा शव उठेन

- Advertisement -spot_img

झापा गाउँपालिका–३ कामाटोलीमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका रफिकुल आलामको २१ घण्टा बित्दासमेत शव उठ्न सकेको छैन । उनको शव विर्तामोडस्थित विएण्डसी हस्पिटलमै रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए।

बुधबार गोरु काटेको आरोपमा पक्राउ परेका सोही वडाका ५२ वर्षीय अबदुल सलाम र ५० वर्षीय ताजबुल हकलाई जिप्रका ल्याउने क्रममा स्थानीयवासीसँग दोहोरो झडप हँुदा प्रहरीले चलाएको गोली लागेर उनी घाइते भएका थिए ।

घाइते आलामको उपचारकै क्रममा विएण्डसी हस्पिटलमा बुधबार राति ७ः४० बजे मृत्यु भएको थियो । घटनालाई सामान्य बनाउन प्रहरीले गाउँपालिका अध्यक्ष जयनारायण साह र उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीको रोहबरमा उनीहरुलाई छाडिदिएको थियो ।

स्थानीय मुश्लिम समुदायले मृतकलाई शहीद घोषणा गर्नुपर्ने, परिवारलाई शिक्षासहित रोजगारको व्यवस्था गर्नुपर्नेलगायत १० बुँदे माग राख्दै मृतकको शव उठाउन नमानेको सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डले बताए। स्थानीय जनप्रतिनिधि, मृतकको परिवार, राजनीतिक दल, सामाजिक अगुवासहितको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा सहमतिका लागि छलफल भइरहेको उनले भने।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु