Information is intelligence
HomeNewsआइसोलेशन कक्ष निर्माण गरिँदै

आइसोलेशन कक्ष निर्माण गरिँदै

- Advertisement -spot_img

जिल्लाका स्थानीय तहमा १० श्य्याको आइसोलेशन कक्ष निर्माण गरिने भएको छ  ।  कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोरोना जोखिम हुन नदिन जिल्लाका १२ वटै स्थानीय तहलाई आइसोलेशन कक्ष निर्माण गर्न आग्रह गर्ने निर्णय गरेको हो । बैठकले शिवपुरी गाउँपालिकामा कोरोना जोखिम हुन नदिन आज साँझ ६ बजेदेखि एक सातासम्मका लागि निषेधाज्ञा  जारी गर्ने निर्णय समेत गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो गाउँपालिकामा ७ जनामा कोरोना सङ्क्रण पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको संयोजकत्वमा बसेको बैठकले औषधि उपचार, खाद्य वस्तु खरिद र आफ्नै खेतवारीमा कृषिजन्य कार्य लगायतका आवश्यक काम बाहेक अन्य काममा घरबाट ननिस्कन  आग्रह गरेको छ ।

प्रजिअ ढकालले खाद्यन्न पसल बिहान ६ देखि १० बजेसम्म मात्र खोल्न पाउने   जानकारी दिनुभयो । बैठकले निषेधाज्ञा कार्यन्वयन तथा सीमा नाकालाई थप व्यवस्थित बनाउन  गाउँपालिकाको रोल्चे नाकामा सशस्त्र प्रहरी बल परिचालन गर्ने निणर्य समेत गरेको छ ।
यही भदौ ९ गते बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायात र निजी सवारी साधनको सञ्चालनमा थप कडाई  गर्ने निर्णय गरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु