Information is intelligence
HomeNewsट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु

ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु

- Advertisement -spot_img

रुपन्देहीको सैनामैना नगरपालिका –५ स्थित बुद्धनगरमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको मालवाहक ट्रकले ठक्कर दिँदा एकजना पैदल  यात्रुको अकालमा मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना –६ का १६ वर्षीय विनोद विक रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक कमल परियारले जानकारी दिए ।

उनका अनुसार  वीरगञ्जबाट धनगढीतर्फ जादै गरेको ना ६ ख ५७०२ नम्बर को ट्रकले अज बिहान विकलाई ठक्कर दिएर गम्भीर घाइते बनाएको र उनको लुम्विनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्युभएको हो ।  प्रहरीले चालक र गाडीलाई नियन्त्रणमा लिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु