Information is intelligence
HomeNewsराष्ट्रप्रेमको भाव बोकेको ज्ञवालीको ‘बुद्धिको पाइला’ कृति

राष्ट्रप्रेमको भाव बोकेको ज्ञवालीको ‘बुद्धिको पाइला’ कृति

- Advertisement -spot_img

साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीको छन्द कविता सङ्ग्रह ‘बुद्धिको पाइला’ ले राष्ट्रप्रेमको भाव जगाउन सफल भएको समीक्षकहरु बताएका छन् ।

नेपाली काँग्रेस गुल्मी–काठमाडौँ सम्पर्क समितिले बिहीबार बेलुकी भर्चुअल माध्यमबाट आयोजना गरेको ‘बुद्धिको पाइला’ माथिको परिचर्चा कार्यक्रममा डा विमला शर्मा, रमा केसी, प्रा डा भागवत ढकाल, दीन पन्थीलगायतले देशभक्तिको भावना बोकेकोे शास्त्रीय छन्दमा रचित कृतिले छन्द कविता लेख्ने परम्परा संरक्षणमा समेत योगदान गरेको बताए। नयाँ पुस्तालाई छन्दमा कविता लेख्न यस्ता पुस्तकले प्रेरित गर्ने विचार कार्यक्रममा समीक्षकहरुले व्यक्त गरेका थीए।

उपजाति, शार्दुलविक्रीडितलगायत नौ छन्दमा लेखिएको कृतिमा ८० पृष्ठ छ । सविता भट्टराईले प्रकाशन गर्नुभएको कृति नेपाली नागरिकले पढ्न चाहेमा निःशुल्क उपलब्ध गराइने कवि ज्ञवालीले राससलाई जानकारी दिए। विदेशी नागरिकलाई भने ११ डलर मूल्य तोकिएको छ ।

यसअघि ज्ञवालीले विभिन्न विधाका दर्जनौँ कृतिको सम्पादन र भूमिका लेखनसमेत गरिसकेका छन् । विधागत रूपमा समालोचनाका चार, निबन्ध एक, बाल साहित्य एक दर्जन, भाषणकलाको एक, भूमिकाको भूमिका एक लगायत कृति सार्वजनिक भइसकेका छन् ।

साहित्यकार ज्ञवालीको यो १८ औँ कृति हो । यसअघि उहाँका ‘आख्यानकार विश्वेश्वरप्रसाद कोइराला’, ‘शाकुन्तल महाकाव्यमा पूर्वीय दर्शन’, ‘समालोचना पुष्प’, ‘भूमिकाको भूमिका’ लगायत कृति प्रकाशित भइसकेका छन् । भदौ लागेपछि आफूले ‘आमा’ खण्डकाव्यलाई अन्तिम रूप दिइरहेको उनले परिचर्चा कार्यक्रमा जानकारी दिए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु