Information is intelligence
HomeEconomyरिलायन्स लाइफ इन्सुरेन्सकाे आइपिओ बाँडफाँड

रिलायन्स लाइफ इन्सुरेन्सकाे आइपिओ बाँडफाँड

- Advertisement -spot_img

काठमाडौं : रिलायन्स लाइफ इन्सुरेन्सले आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलले फेसबुक लाइभ मार्फत बाँडफाँट गरेको हो । यसमा २० हजार ५०९ जना सेयर पाउनबाट बञ्चित भएका छन् । रीतपूर्वक आवेदन दिने अरुले १० कित्ताका दरले सेयर पाएका छन् । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार यो आइपीओमा ५ लाख ८९ हजार ४६४ जनाले आवेदन दिएका छन् । जसमा १ हजार ९५५ जनाको आवेदन रद्द भएको छ । यसमा ५ लाख ६७ हजारले १० कित्ताका दरले सेयर पाएका छन्।

रिलायन्सले भदौ ४ गतेबाट ८ गतेसम्म १०० रुपैयाँ दरको ६३ लाख कित्ता आइपीओ बिक्री खुला गरेको थियो । जसमा बिक्रीमा ल्याएको कुल ६३ लाख कित्ता आइपीओमध्ये ५% अर्थात ३ लाख १५ हजार सामूहिक लगानी कोषलाई र समान ५% अर्थात ३ लाख १५ कित्ता कर्मचारीलाई छुट्याइएको थियो । बाँकी रहेको ५६ लाख ७० हजार कित्तामा मात्र सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

रिलायन्सको आइपीओलाई इक्रा नेपालले बीबी प्लस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था औषत रहेको संकेत गर्दछ । साथै, यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको भन्ने पनि जनाउँछ । हाल रिलायन्सको चुक्ता पुँजी १ अर्ब ७० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि यसको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु