Information is intelligence
HomeEconomyमेगा बैंककाे बाेनस शेयर पाउन के गर्ने?

मेगा बैंककाे बाेनस शेयर पाउन के गर्ने?

- Advertisement -spot_img

काठमाडौं : तत्कालीन गण्डकी विकास बैंक (हाल मेगा बैंक) का सेयरधनीले बोनस सेयर पाउनका लागि पहिला कर तिर्नुपर्ने भएको छ । मेगा बैंकले एक सूचना प्रकाशित गरी तत्कालीन गण्डकी विकास बैंकका सेयरधनीलाई आर्थिक वर्ष २०७१–७२, २०७२–७३ र २०७३–७४ मा वितरण गरिएको बोनस सेयरमा लाग्ने कर तिर्न आग्रह गरेको हो । उक्त कर वापतको रकम बैंकको सेयर रजिस्ट्रार मेगा क्यापिटल मार्केटको खाता नम्बर ००१००१०७१६३१८ मा जम्मा गर्नुपर्नेछ ।

बैंकको रकम जम्मा गरेको प्रमाण सहितको भौचर इमेल ठेगाना

rts@megacapitalmarkets.com

मा पठाउन  सकिनेछ । कर जम्मा भएपछि मात्र सम्बन्धित सेयरधनीको डिम्याट खातामा बोनस जम्मा हुनेछ । रकम जम्मा गर्दा सेयरधनीको नाम थर, हितग्राही खाता नम्बर, सेयरधनी खाता नम्बर, तथा कुन आर्थिक वर्षको कर विवरण बुझाएको हो, त्यो स्पष्ट रुपमा खुलाउन पर्नेछ । मेगाले गण्डकीलाई एक्वायर गरेर असार २१ गतेबाट एकीकृत कारोबार सुरु गरिसकेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु