Information is intelligence
HomeEconomyलिबर्टी इनर्जीकाे आइपिओ साेमबार बाँडिने

लिबर्टी इनर्जीकाे आइपिओ साेमबार बाँडिने

- Advertisement -spot_img

काठमाडौं : लिवर्टी इनर्जी कम्पनीको आइपीओ सोमबार (भदौ १५ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आफ्नै कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान १० बजे आइपीओ बाँडफाँट हुने कार्यक्रम तय भएको छ । बाँडफाँट फेसबुक लाइभबाट पनि देखाइने बिक्री प्रबन्धकले जनाएको छ । लिवर्टी इनर्जी कम्पनीको आइपीओमा ७० करोड रुपैयाँ बराबरको आवेदन परेको छ । जसमा १ लाख ८५ हजार जनाले ७० लाख कित्ताका लागि आवेदन दिएका हुन् ।

यो सर्वसाधारका लागि बिक्री खुला गरिएको कित्ताको मागभन्दा १.९६ गुणा धेरै हो । यस कम्पनीले भदौ ३ गतेबाट ७ गतेसम्म सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता सेयर बिक्री खुला गरेको हो । कम्पनीले यसअघि स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्दा बिक्री नभएको १३ लाख १५ हजार ९३० कित्ता समेत थप गरी ३५ लाख ६४ हजार ९३० कित्ता सेयर सर्वसाधारणमा बिक्रीमा ल्याइएको हो ।

यस आइपीओले ग्रेड ४ रेटिङ पाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई औसत भन्दाकम आधार जनाउने रेटिङ दिएको हो । यसले लमजुङ जिल्लाको फलेनी र दोदेनी गाउँपालिकामा, २५ मेगावटको अपर दोर्दी ‘ए’ हाइड्रोपावर निर्माण गरिरहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु