Information is intelligence
HomeNewsकोभिड–१९ सङ्क्रमण बढेपछि सुरक्षा सतर्कता बढाइँदै

कोभिड–१९ सङ्क्रमण बढेपछि सुरक्षा सतर्कता बढाइँदै

- Advertisement -spot_img

कोभिड–१९ सङ्क्रमण बढ्दै गएपछि रोकथाम र नियन्त्रणका लागि प्रदेश नं ५ का विभिन्न जिल्लामा निषेधाज्ञा तथा लकडाउन  गरिएको छ । समुदायस्तरमा कोरोना भाइरस फैलिएपछि रुपन्देहीसहित प्रदेशका विभिन्न जिल्लामा सुरक्षा सतर्कताका लागि निषेधाज्ञा तथा लकडाउन गरिएको हो । कतिपय जिल्लामा लकडाउन यथावत छ भने कतै लकडाउनको तयारी गरिएको छ ।

आज मात्रै रुपन्देहीमा ५२ जना नयाँ कोभिड–१९ सङ्क्रमित थपिएका छन् । जिल्लाका विभिन्न ल्याबमा गरिएका परीक्षणमा दिउँसोसम्ममा जिल्लाका छ पालिकाका ५२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए। सबैभन्दा धेरै सिद्धार्थनगरमा १८, बुटवल उपमहानगरपालिकामा १७, तिलोत्तमामा पाँच, मायादेवीमा दुई, शुद्धोधनमा दुई र ओमसतियामा आठ जनामा सङ्क्रमण देखिएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा, लुम्बिनी प्रादेशिक अस्पतालको ल्याब र नेशनल प्याथ ल्याबबाट आएको रिर्पोट अनुसार २३ महिला र २९ पुरुषमा सङ्क्रमण देखिएको छ । आज थपिएका सङ्क्रमितसँगै जिल्लामा कुल सङ्क्रमितको  सङ्ख्या आठ सय ६५ पुगेको छ भने मृतकको संख्या आठ पुगेको छ । जिल्लामा तीन सय ६० जनाले कोरोना जितेका छन् । जिल्लामा सङ्क्रमण बढेपछि प्रशासन कार्यालयले नियन्त्रणका लागि लकडाउनलाई निरन्तरता दिइएको छ । प्रशासनले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु