Information is intelligence
HomeInternationalअचम्मको दुनियाँ : सर्वसाधारणको लागि पार्कमा पारदर्शी ट्वाइलेट

अचम्मको दुनियाँ : सर्वसाधारणको लागि पार्कमा पारदर्शी ट्वाइलेट

- Advertisement -spot_img

जापानको राजधानी टोकियोको एउटा पार्कमा पारदर्शी  ट्वाइलेट बनाइएको छ। पारदर्शी ट्वाइलेट बनाउनुको कारण यो हो कि मानिसले बाहिरबाटै ट्वाइलेट सफा छ कि छैन भनेर हेर्न सकुन। ट्वाइलेटमा खास प्रकारको स्मार्ट ग्लास प्रयोग गरिएको छ।

यसरी काम गर्छ स्मार्ट ग्लासले

धेरै मानिसहरुले सोच्ने गर्छन नि पारदर्शी ट्वाइलेटमा बस्दाखेरी बाहिरका मानिसले भित्र भएका मानिसलाई हेर्न सक्छन तर त्यस्तो होइन। जब कोहि मानिस ट्वाइलेट भित्र जान्छ र ट्वाइलेटको ढोका लगाउछ तब सिसाको रङ बदलिएर भित्रको केही पनि बाहिरबाट नदेखिने हुन्छ।

भित्र बसेको मानिसले बाहिर देख्न सक्छ तर बाहिरको मानिसले भित्र देख्न सक्दैन। स्मार्ट ग्लासको कारण यस्तो सम्भव भएको हो।

यो  ट्वाइलेट जपानको राजधानी टोकियोको येयोयोगी फुकामाची मिनि पार्क र हरु नो ओगावा कम्युनिटी पार्कमा स्थापना गरिएको छ। यस्लाई मानिसको आवश्यकता अनुसार तयार गरिएको हो।

टोकियो ट्वाइलेट प्रोजेक्टको वेब्साइटको अनुसार जब कोहि व्यक्ति पब्लिक ट्वाइलेट्मा जान्छ उसलाई दुई कुराको चिन्ता हुन्छ।एउटा ट्वाइलेट सफा छ कि छैन अर्को ट्वाइलेट्मा कोहि छ कि छैन। यो चिन्ताबाट अब भने मानिसहरुले छुटकारा पाउने भएका छन् ।

यो पारदर्शी ट्वाइलेट्मा पुरुष  र महिला दुबैलाई सुविधाहरु उपलब्ध गराइएको छ।

के तपाईं भएको भए यस्तो ट्वाइलेटको प्रयोग गर्नुहुन्थ्यो होला त ? प्रतिकृया दिनुहोला।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु