Information is intelligence
HomeCulture & Religionअनलाइनबाटै श्राद्ध गर्न आग्रह

अनलाइनबाटै श्राद्ध गर्न आग्रह

- Advertisement -spot_img

रुपन्देही । कोरोना महामारीमा सङ्क्रमणको प्रकोप कम गर्न रुपन्देहीको तिलोत्तमामा नगरपालिकाले सोह्र श्राद्ध (पितृपूजन)मा कार्य वैकल्पिक तरिकाले भर्चूअल माध्यम अर्थात ईन्टरनेट प्रविधिको प्रयोगबाट गर्न आग्रह गरेको छ ।

विभिन्न स्थानमा पूजा गराउने पण्डितमा समेत संक्रमण भेटिएपछि नगरले सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । पुरोहित सोह्रश्राद्ध कार्यमा एकै दिन धेरै जनाको घरमा जाने प्रचलन रहेकाले सङ्क्रमणको जोखिमका कारण वैकल्पिक तरिकाले भर्चुअल/अनलाईन माध्यमबाट सोह्रश्राद गर्ने गराउने व्यवस्था गर्न नगरपालिकाले अपिल गरेको जनाएको छ ।

प्रत्येक वर्ष आश्विन कृष्ण पितृ पक्षमा गरिने श्राद्ध (पितृ पूजन) यस वर्ष भदौ १७ गतेबाट सुरु हुँदैछ । नगरपालिकाले जन्म, न्वारान, व्रतबन्ध, विवाह, मृत्यु संस्कार पारिवारिक रूपमा गर्न भनेको छ ।

यस्तै नगरपालिकाले सोह्र श्राद्ध कार्यमा आफन्त, छरछिमेकी, इष्टमित्र, बन्धु बान्धवलाई आमन्त्रण नगरी परिवारका सदस्यहरू मात्रै सामेल हुने व्यवस्था मिलाउन पनि सबैमा आग्रह गरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु