Information is intelligence
HomeNewsदुर्घटनामा प्रहरी हबलदारको मृत्यु

दुर्घटनामा प्रहरी हबलदारको मृत्यु

- Advertisement -spot_img

सुनसरी सदरमुकाम इनरुवा–९ बबियास्थित भित्री सडकमा शनिबार मोटरसाइकल दुर्घटनामा परी प्रहरी हबलदारको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी बलान घर भएका सङ्घीय प्रहरी इकाइ कार्यालय धरान दरबन्दी भई जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी हबलदार विजयकुमार मण्डल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए ।

को१प २११५ नंको मोटरसाइकलमा गस्तीमा निस्केका बेला बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटनामा परेका मण्डलको टाउकामा गम्भीर चोट लागेकामा उपचारका लागि विराटनगर लगिएको थियो । उपचारका क्रममा मण्डलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक शर्माले बताए । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु