Information is intelligence
HomeNewsसभापति देउवाद्वारा दुःख व्यक्त

सभापति देउवाद्वारा दुःख व्यक्त

- Advertisement -spot_img

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता पन्नाकाजी महर्जनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सभापति देउवाले आज शोक विज्ञप्ती जारी गरी काठमाडौँ निर्वाचन क्षेत्र नं ५ का पूर्व क्षेत्रीय सभापतिसमेत रहनुभएका ६७ वर्षीय महर्जनको निधनप्रति दुःख व्यक्त गरेका हुन्।

महर्जनको आज बिहान काठमाडौँ महानगरपालिका–१५ डल्लुस्थित आफ्नै निवासमा निधन भएको थियो । विसं २०३६ देखि राजनीतिमा सङ्लग्न रहँदै आएका भएका स्वर्गीय महर्जनले पार्टीको नवौँ महाधिवेशनपछि तीन पटकसम्म क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हाल्नु भएको काँग्रेसले जनाएको छ ।

स्वर्गीय महर्जन नेपाल ट्रेड युनियन काँग्रेस तदर्थ समिति काठमाडौँका पूर्व वरिष्ठ उपाध्यक्ष समेत थिए। नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा स्वर्गीय महर्जनले जेल जीवन पनि व्यतित गरेका थिए। सभापति देउवाले स्व महर्जनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट हार्दिक समवेदना प्रकट गरेका थिए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु