Information is intelligence
HomeNewsहल्कादेखि मध्यम वर्षाको सम्भावना

हल्कादेखि मध्यम वर्षाको सम्भावना

- Advertisement -spot_img

आइतबार देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहनाका साथै भारतको मध्यप्रदेश तथा आसपासका क्षेत्रमा न्यूनचापीय प्रणाली अवस्थित रहेकाले वर्षाको सम्भावना रहेको  छ ।

हाल गण्डकी, सुदूरपश्चिम, प्रदेश नं १ र २ का अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही अन्य भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै वाग्मती, गण्डकी, सुदूरपश्चिम र प्रदेश नं १ का एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका  मौसमविद् प्रतिभा मानन्धरले बताइन्। महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव शून्य र अधिकतम तापक्रम ३० दशमलव तीन डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव शून्य डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३५ दशमलव सात डिग्री सेल्सियस रहेको छ

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु