Information is intelligence
HomeHealthकोभिड–१९ अस्पताल नयाँ भवनमा

कोभिड–१९ अस्पताल नयाँ भवनमा

- Advertisement -spot_img

मेची अस्पताल भद्रपुरमा सञ्चालित कोभिड–१९ उपचार केन्द्र नयाँ भवनमा सारेर सेवा शुरु गरिने भएको छ ।पुरानो भवनमा कोभिड र अन्य बिरामीको उपचार भइरहेकामा आजदेखि कोभिड–१९का सङ्क्रमितलाई अलग भवनमा उपचारको व्यवस्था मिलाइएको अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले बताए। उनले आजै अस्पतालमा उपचारत रहेका २२ कोरोना सङ्क्रमितलाई नयाँ भवनमा सारेर सेवा शुरु गरिने जानकारी दिए।

नयाँ भवनमा सङ्क्रमितको उपचारका लागि ८० श्ययाको व्यवस्था गरिएको छ । पुरानो भवनमा १२ श्ययाको आइसोलेसन भने यथावत राखिएको छ । गत साउन १९ गतेदेखि झापामा पहिलोपल्ट मेची अस्पतालमा कोभिडको उपचार शुरु गरिएको हो । अस्पतालमा कोभिड भाइरसको परीक्षण गर्ने पिसीआर ल्याबसमेत सञ्चालन हुँदै आएको छ ।

मेची अस्पतालको नयाँ भवनमा रहेको कोभिड–१९ उपचार केन्द्रको सुरक्षा व्यवस्थाको जिम्मेवारी नेपाली सेनाले लिएको र उपचारको व्यवस्थापन अस्पतालले नै हेर्ने गरेको अध्यक्ष पोर्तेलले बताए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु