Information is intelligence
HomeNewsमुख्यालयमै सैनिकद्वारा आत्महत्या

मुख्यालयमै सैनिकद्वारा आत्महत्या

- Advertisement -spot_img

काठमाडौँ — सुन्धरास्थित नेपाली सेनाको मुख्यालय परिसरमा एक सैनिकले आत्महत्या गरेका छन्। उनले आफैँसँग भएकाे राइफलकाे प्रयाेग गरेर आफैँलाई गाेली हानि आत्महत्या गरेका हुन्।   आइतबार बिहान ३ बजे सेनाको रिपुमर्दिनी पेट्रोल पम्पमा ड्युटीमा रहेका  सिपाही दर्जाका जवान दामाेदर क्षेत्रिले ड्युटी बस्दा प्रयोग हुने राइफल प्रयोग गरी आत्महत्या गरेको बताइएकाे छ।

अब सेनाले प्रहरीसँग मिलेर घटनाकाे अनुसन्धान गर्ने ,शवकाे पाेष्टमार्टम गर्ने र परिवारलाई शव हस्तान्तरण  कार्य अघि बढाइने सेनाकाे मुख्यालयले जनाएकाे छ ।

मृतक जवान तनहुँकाे रानीपाेखरी निवासि हुन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु