Information is intelligence
HomeTourismभरतपुरमा २२ हजार वृक्षारोपण

भरतपुरमा २२ हजार वृक्षारोपण

- Advertisement -spot_img

चितवनको भरतपुरमा २२ हजार फलफूलको बिरुवा रोपिएको छ । भरतपुर महानगर क्षेत्रलाई फलफूलको बगैँचाको स्वरुप दिने अभियानलाई निरन्तरता दिँदै बिरुवा रोपिएको हो । राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर गत असार १४ गते शुरु भएको अभियान आज सकिएको छ । ‘भरतपुर–एक बगैँचा’ अभियानले महानगरलाई केही वर्षमै हरियाली महानगरका रुपमा लक्ष्य राखिएको छ ।

फलफूलको बिरुवा रोप्नका लागि तथ्याङ्क सङ्कलन र बिरुवा वितरणको जिम्मा लिएको ‘वे’ गुर्पका संयोजक भोजनारायण कँडेलले महानगरमा यस वर्ष २२ हजार बिरुवा रोपिएको बताए । उनले भने टोलभित्र आवश्यक पर्ने बिरुवाको घरदैलोमै पुगेर लिएको विवरणअनुसार वितरण गरेका छौँ । “फलफूलका बिरुवा रोप्न सबैले साथ दिएका छन्, उनले भने , “केही वर्षमै भरतपुर क्षेत्र हरित हुनेछ ।” उनका अनुसार माग फारममार्फत टोलवासीले चाहना गरेका फलफूलका बिरुवा सकेसम्म उपलब्ध गराइएको छ । गत वर्ष मात्रै महानगर सात वडामा ६५ हजार बढी फलफूलका बिरुवा रोपिएको थियो ।

वाग्मती प्रदेशका सांसद विजय सुवेदीले यस वर्ष कोरोनाको प्रभावका बीच पनि आवश्यक मात्रामा फलफूलका बिरुवा रोपिएको जानकारी दिए। “भरतपुरलाई बगैँचा बनाउने काम अगाडि बढेको छ”, सुवेदीले भने “यसपालि छुट्टै बजेट नभए पनि महानगरपालिका, कृषि ज्ञान केन्द्र, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र वन कार्यालयको सहयोगमा अभियान सफल भएको छ ।”प्रदेश सरकारले सरसफाइ र हरियाली प्रवद्र्धन कार्यक्रमका रुपमा बजेट विनियोजन गरे पनि यसपालि सो बजेट परेको छैन । गत वर्ष प्रदेशले रु ५० लाख बराबर बजेट विनियोजन गरेको थियो ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरपालिकामा रोपिएका बिरुवालाई संरक्षण गरिने बताए। हरेक वडाका हरेक दुई टोललाई नमूना टोलका रूपमा छनोट गरी ‘एक टोल–एक बिरुवा चिनारी’ हुने उहाँको भनाइ छ । महानगरका वडा कार्यालयमार्फत स्थानीयवासीलाई बिरुवा बाँडिएको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु