Information is intelligence
HomeNewsसावधानी अपनाउन एनआरएनएको आग्रह

सावधानी अपनाउन एनआरएनएको आग्रह

- Advertisement -spot_img

गैरआवासीय नेपाली सङ्घ  एनआरएनए  अन्तर्गतको स्वास्थ्य समितिले कोरोना भाइरस  कोभिड–१९ को सङक्रमणको जोखिम कम नभइसकेकाले थप सचेत र सावधान हुन नेपाली समुदायलाई आग्रह गरेको छ । समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार साउथ अफ्रिका, पोर्चुगल,  स्पेन, कतार साउदी अरबले सार्वजनिक स्थल मात्रै नभई बन्द कोठामा गरिने भेला र जमघटले पनि सङ्क्रमण बढाउने भएकाले त्यस्ता कार्यक्रम कम गर्न र गर्नै पर्ने भए सिमित सङ्ख्या र सामाजिक दूरी कायम गर्न आग्रह गरे।

डा सापकोटाले कोरोना सङ्क्रमणका क्रममा मनोबल उच्च राख्न समेत आग्रह गरेका हुन् । कोरोना सङ्क्रमणको बढ्दो जोखिमले सर्वसाधारणमा मनोवैज्ञानिक त्रास उत्पन्न गरेको भन्दै उनले उच्च मनोबल कायम गरेर सर्तकता अपनाउनु आग्रह गरे। मानसिक तनावबाट सकेसम्म मुक्त हुन एक्लो नबस्न, साथीभाइसँग कुराकानी गर्न, गीत सङ्गीत सुन्न र योग तथा ध्यान गर्न समेत डा सापकोटाले अनुरोध गरे। ‘कोभिड–१९’ विरुद्ध खोप आगामी जनवरीभित्र सर्वसाधारणको लागि उपलब्ध हुने अपेक्षा गरिएको बताउँदै उनले सचेत र सावधान रही अघि बढ्न आग्रह गरे।

यसैबीच एनआरएनएको ‘कोभिड १९’ उच्चस्तरीय समिति प्रेस संयोजक चिरन शर्माका अनुसार कोभिड—१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप तीन नेपालीको निधन भएको छ । समितिले यो साता बेलायतमा एक जना र युएईमा दुई जनाको ज्यान गएको जनाएको छ । शनिबार साँझसम्म विदेशमा मात्र १६ देशमा १९५ जना नेपालीको निधन भएको छ ।

हालसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । कोरोना भाइरसका कारण नेपालसहित बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथ अफ्रिकालगायत १७ देशमा रहेका नेपालीको ज्यान गएको हो । हालसम्म विदेशमा रहेका ३४ हजार  ७०१ नेपालीमा कोरोना सङ्क्रमण देखिएको र तीाध्ये ३२ हजार ५११ जना कोरोना सङ्क्रमणबाट मुक्त भएको एनआरएनएले जनाएको छ । एनआरएनए, नेपाल सरकार, विदेशस्थित कूटनीतिक नियोग एवं दूतावासको सहकार्यमा विदेशमा अलपत्र परेका ५३ हजार ६९९  नेपालीको उद्धार भएको संयोजक शर्माले जानकारी दिए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु