Information is intelligence
HomeNewsप्रवेशद्वारमा अस्थायी प्रहरी पोष्ट स्थापना

प्रवेशद्वारमा अस्थायी प्रहरी पोष्ट स्थापना

- Advertisement -spot_img

गण्डकी प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनीमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । आँबुखैरेनी गाउँपालिका–४ पुलजीपमा स्थापना भएको अस्थायी प्रहरी पोष्टको शनिबार गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले निरीक्षण गरे ।

निरीक्षणपश्चात् मन्त्री चुमानले गण्डकी प्रदेशको मुख्य प्रवेशद्वारमा अवस्थित रहेको उक्त प्रहरी कार्यालयको स्थापनाले प्रदेशकै शान्ति सुरक्षामा अहम् भूमिका निर्वाह गर्ने बताए । कोरोना भाइरसको सङ्क्रमणलाई थप फैलिन नदिन सीमा नाकामा हुनुपर्ने जाँचलगायत सुरक्षा सतर्कतामा थप सहजता प्रदान गर्न प्रहरी पोष्टले सहयोग पुग्ने मन्त्री चुमानले विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक घनश्याम अर्यालले सो प्रहरी पोष्टको स्थापनाले शान्ति सुरक्षा तथा अपराध रोकथाम, नियन्त्रण र अनुसन्धानमा थप प्रभावकारिता प्रदान गर्ने बताए।

कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी पोखराका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक राजेन्द्र बस्नेत, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेल लगायतको सहभागिता थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु