Information is intelligence
HomeHealthअर्घाखाँची अस्पतालका सबै सेवा सञ्चालन

अर्घाखाँची अस्पतालका सबै सेवा सञ्चालन

- Advertisement -spot_img

अर्घाखाँची अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि बन्द सम्पूर्ण स्वास्थ्य सेवा आजदेखि सञ्चालनमा आएको छ  । अस्पताल परिसरस्थित स्वास्थ्य कार्यालयमा कार्यरत दुई स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि सोमबारयतादेखि आकस्मिक र प्रसूति सेवाबाहेक सम्पूर्ण सेवा बन्द थिए ।
लुम्बिनी प्रादेशिक अस्पतालमा बुटवलमा गत सोमबार स्वाब सङ्कलन गरिपठाइएको चिकित्सक र स्वास्थ्यकर्मीको पिसिआर रिपोर्ट नेगेटिभ आएकाले सम्पूर्ण सेवा सञ्चालनमा आएको अर्घाखाँची अस्पतालका प्रमुख डा कपिल गौतमले जानकारी दिए ।
गत आइतबार दुई स्वास्थ्यकर्मी, एकएक सञ्चारकर्मी र  कार्यालय प्रमुखसमेत गरी १३ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।  सङ्क्रमितको सम्पर्कमा आएका १११ जनाको स्वाब सङ्कलन गरी सोमबार पठाइएको मध्ये ९७ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए  ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु