Information is intelligence
HomeLife Styleसुखी जीवनकाे सूत्रः पति पत्नीकाे बीचमा प्रेम कति आवश्यक?

सुखी जीवनकाे सूत्रः पति पत्नीकाे बीचमा प्रेम कति आवश्यक?

- Advertisement -spot_img

प्रेम जीवनकाे अभिन्न अंग हाे । अहिलेकाे समयमा प्रेमसम्बन्धि विभिन्न धारणाहरू बाहिर आइरहेका छन् ।  प्रेम  सम्बन्धकै कारण कतिले आफ्नाे  जीवन नै दाउमा राख्ने गरेकाे पाइन्छ।के प्रेम सम्बन्ध नै जीवनकाे अन्तिम विकल्प हाे  ? प्रेम बिना सम्बन्ध स्थापित गर्न सकिन्न ?

प्रेमले वैवाहिक सम्बन्धमा कस्ताे प्रभाव पारेकाे हुन्छ भनेर हामीले महाभारतकालीन कथाकाे सानाे प्रसंगलाइ आधार बनाएर केही जानकारी दिने प्रयास गरेका छाैँ ।

राजा हरिश्चन्द्र र तारामतिकाे कथा

महाभारतकालीन राजा हरिश्चन्द्र सत्य वचनका लागि प्रसिद्द थिए । उनकाे विवाह तारामतिसँग भएकाे थियाे । हरिश्चन्द्र सँधै सत्य बाेल्दथे । हरिश्चन्द्रकाे वैवाहिक जीवनमा पाँच तत्व प्रेम,, त्याग सपर्पण ,सन्तुष्टि र सँस्कार सबैकुराले काम गरिरहेका थिए । हरिश्चन्द्र र तारामतिकाे पहिलाे आधार भने प्रेम थियाे । हरिश्चन्द्र तारामतिलाई यति प्रेम गर्दथे कि उनले आफ्ना तत्कालीन समकक्षी राजाहरूकाे जस्ताे दाेश्राे विवाहकाे बारेमा कहिले पनि साेचेनन् । उनी पत्नीव्रत धर्ममा कटिबद्द भएर लागेका थिए।

तारामतिकाे लागि पनि पति नै सबथाेक थिए ,। पतिले भनेकाे भरमा तारामतिले सबै सुख र राजमहल छाेडेर एक दासीकाे रूपमा आफ्नाे जीवन व्यतित गर्ने प्रण गरेकी थिइन् ।उनकाे याे निर्णय पतिप्रतिकाे समर्पण र त्यागकाे भावना थियाे । दुवैजनाले कहिले पनि एक अर्कालाइ कुनैपनि कुराकाे लागि गुनासाे गरेनन् ।

हरिश्चन्द्र  र तारामति दुवैजना जीवनमा जे मिल्याे त्यसैमा सन्तुष्ट भए। दुवैजनाले यहि सँस्कार आफ्नाे छाेरालाई पनि दिए ।  राजकाज गुमेकाे बेलापनि उनीहरू आफ्नाे धर्म निभाइरहे । राजा हरिश्चन्द्रले आफ्नाे व्यवहार र सत्य व्रतले गर्दा नै आफ्नाे राजकाज प्राप्त गरेका थिए ।

प्रेरणा

हरिश्चन्द्र र तारामतिकाे जीवनबाट हामीले लिने प्रेरणा भनेकाे पति र पत्नी लाइ एक अर्काकाे दुःख सुखमा हमेशा साथ दिनुपर्छ । जस्ताेसुकै अवस्थामा पनि आड भराेसा कायम रहिरहनु पर्दछ । आफ्नाे निर्णयमा अडिग रहन सकियाे भने जस्ताेसुकै परिस्थितिकाे पनि सामना गर्न सकिन्छ । जहाँ तालमेल बिग्रिन्छ त्यहाँ स्वार्थकाे प्रवेस हुन्छ र त्यहाँ सम्बन्ध बिग्रन सुरू गर्छ ।

यही कारणलेे गर्दा  वैवाहिक सम्बन्धमा प्रेम , त्याग , समर्पण , सन्तुष्टि र सँस्कार बनाइरहनुपर्छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु