Information is intelligence
HomeHealthसुदूरपश्चिमः स्वास्थ्य संस्था छन्, उपकरण छैनन्

सुदूरपश्चिमः स्वास्थ्य संस्था छन्, उपकरण छैनन्

- Advertisement -spot_img

मुलुकको कार्यकारी पददेखि राज्य संयन्त्र सञ्चालन हुँदै राजनीतिसमेतमा प्रभाव राख्ने हस्ती भएको सुदूरपश्चिम प्रदेशको स्वास्थ्य सेवाको अवस्था भने जर्जर छ । नौ  जिल्ला भएको  प्रदेशमा सात पहाडी जिल्ला छन् । मुलुककै विकट पहाडी जिल्ला बाजुरादेखि यसअघि क्षेत्रीय सदरमुकाम रहीसकेको डोटीले हालसम्म नत जिल्लामा आइसियु सेवा दिन सक्यो नत भेन्टिलेटर सेवा नै ।

पछिल्लो दशकयता स्वास्थ्य सेवा प्रवाहमा प्रदेशमा अब्बल धनगढी देखिएपनि अन्य आठ जिल्लामा स्थानीय बिरामी पर्दा होस या दुर्घटनामा परेर घाइते हुँदा पनि सघन कक्षमा राखेर उपचार हुनसक्ने अवस्था छैन ।

महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण दिनानुदिन फैलिँदै जाँदा यहाँ स्वास्थ्य सेवा, आवश्यक स्वास्थ्य उपकरण र दक्ष जनशक्तिको अभाव अझ बढी खड्किन थालेको छ ।विसं २०६८ को जनगणनाअनुसार यस प्रदेशमा २५ लाख ५२ हजार ५१७ जनसंख्या रहेको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कैलालीमा दश र कञ्चनपुरमा आठ गरी सुदूरपश्चिमभरी मात्रै १८ श्ययाको आइसियु सेवा सञ्चालनमा रहेको छ ।डडेल्धुरामा चार, कैलालीमा पाँच र कञ्चनपुरमा तीन भेन्टिलेटर रहेको जनाइएको छ ।

स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले पहाडी जिल्लामा आइसियु र भेन्टिलेटर सेवा पुर्याउन नसकिएको बताउए ।“सामान किनेर राख्नु ठुलो कुरो छैन ।” उनले भने, “त्यो सञ्चालन गर्ने जनशक्ति हामीसँग छैनन् ।”

उनले  आइसियु र भेन्टिलेटर सेवा सञ्चालनका लागि सम्वन्धीत विषयको विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली आवश्यक पर्ने जानकारी दिए । “विशेषज्ञ चिकित्सकको पहाडी जिल्लामा दरबन्दी नै छैन ।” उनले भने, “भएको जनशक्तिलाई तालिम र प्रशिक्षण गराउन पनि कोरोना कहरले सकिरहेको अवस्था छैन ।”
प्रदेश सरकारको पहलमा यहाँका सात पहाडी जिल्लामा भेन्टिलेटर राख्ने तयारी रहेको छ । “पहाडमा एउटा जिल्लामा दुई वटा भेन्टिलेटर राख्ने प्रदेश सरकारको निर्णयअनुसार अहिले खरिद प्रक्रियामा गइसकेको छ ।” निर्देशक डा अवस्थीले भने, “त्यो सञ्चालनका लागि यहाँ भएको जनशक्ति तालिम गराउन वीर अस्पताल र शिक्षण अस्पताल पठाउन पर्ने भएपनि अहिलेको अवस्थाले सकिएको छैन ।”

कोरोना सङ्क्रमण फैलिँदै गएर गम्भीर खालका बिरामीहरुको चाप बढ्दै गए यहाँ उपचार गर्नसक्ने सम्भावना नै छैन् । “आजका दिनसम्म कोरोना सङ्क्रमितलाई आइसियु र भेन्टिलेटरमा राखेर उपचार गराउन परेको छैन ।” उनले भने–“त्यो अवस्था आयो भने सुदूरले मात्रै होइन देशले नै सक्दैन् ।”

भारतसँग सीमा जोडिएको दार्चुला र बैतडीमा पनि कोरोना सङ्क्रमितको संख्या बढिरहेको भएपनि त्यहाँ स्वास्थ्य सेवा र आवश्यक उपकरण पुगेकाे  छैन । सुदूरपश्चिममा हालसम्म सबैभन्दा कम संख्यामा कोरोना सङ्क्रमित देखिएको जिल्ला हो, दार्चुला ।

शनिबारसम्म यहाँ ५० जना सङ्क्रमित देखिएका छन् । तीमध्ये ४७ जना निको भएर घर फर्किसकेका छन् । नौ वटा स्थानीय तह रहेको यहाँ दुई वटा अस्पताल  र जिल्लाभरीमा ४१ वटा स्वास्थ्य चौकी, १८ वटा सामुदायिक स्वास्थ्य एकाई, १४ वटा आधारभूत स्वास्थ्य केन्द्र र नौ वटा शहरी स्वास्थ्य केन्द्र रहेका छन् ।

यहाँ दुई वटा अस्पतालमा आइसोलेसन कक्ष २१ वटा निर्माण गरिएको छ, भने हरेक स्थानीय तहमा १० वटासम्म आइसोलेसन कक्ष बनाउन भनिएको छ ।

स्वास्थ्य कार्यालय दार्चुलाका कोभिड–१९ सम्पर्क व्यक्ति विरेन्द्र भट्ट जिल्लामा सघन कक्षमा राखेर उपचार गर्नुपर्ने अवस्थाका बिरामी नदेखिएको जानकारी दिए। उनले कोरोना कहरको लामो समय बितिसक्दा पनि जिल्लामा आइसियु सेवा सञ्चालन बारे कुनै पनि निकाय वा तहको ध्यान नपुगेको बताए ।

“जिल्लामा आइसियु सुविधा नहुँदा गर्भवती महिला तथा जोखिमपूर्ण अवस्थामा पुगेका बिरामीलाई धनगढी वा भारत रिफर गर्नुपर्ने अस्पतालको बाध्यता छ ।” उनले भने, “स्वास्थ्य सेवा थप्ने विषयमा पनि सरोकारवाल सबै निकाय गम्भीर हुनु आवश्यक छ ।” जिल्ला अस्पताल दार्चुलाका डा गजेन्द्र दुवालले आइसियु सेवा सञ्चालनमा अग्रसता देखाए सम्भव रहेको जानकारी दिए । उनले जिल्लामा समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिइनसकेको बताए ।

यहाँ समुदायस्तरमा पनि पीसीआर जाँचका लागि स्वाब संकलन भइरहेको छ ।बैतडीमा पिसीआर विधिबाट कोरोना परीक्षणका लागि प्रयोगशाला स्थापना भइरहेको भएपनि जिल्लामा स्वास्थ्य सेवाको अवस्था उस्तै छ ।  जिल्लामा आइसियु र भेन्टिलेटर सेवा छैन । ३४२ जनामा कोरोना सङ्क्रमित रहेको जिल्लामा १९ जना मात्रै आइसोलेसनमा बसेका छन् ।

जिल्लामा ६५ वटा स्वास्थ्य चौकी, एक जिल्ला अस्पताल, दुई वटा प्राथमिक स्वास्थ्य केन्द्र, र २० वटा सामुदायिक स्वास्थ्य एकाइ छन् ।

पिसीआर मेसिन जडानको काम अन्तिम चरणमा पुगेको र सञ्चालनका लागि चार जना स्वास्थ्यकर्मीको टोलीसमेत छनौट भइसकेको जनस्वास्थ्य अधिकृत योगेशप्रसाद भट्टले जानकारी दिै ।यहाँका स्थानीय तहले पनि जिल्लामा आइसियु सञ्चालन सघन उपचारका सेवा प्रभावकारी बनाउनतर्फ कसैको ध्यान पुगेको छैन ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु