Information is intelligence
HomeNews१५ ट्रयाक्टर नियन्त्रणमा

१५ ट्रयाक्टर नियन्त्रणमा

- Advertisement -spot_img

कैलालीमा अवैध रुपमा ढुङ्गा, बालुवालगायत नदीजन्य पदार्थ उत्खनन गरी ओसारपसार गरिरहेका अवस्थामा  १५ ट्रयाक्टर नियन्त्रणमा लिइएको छ ।  इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीको गस्ती टोलीले आज बिहान तिनलाई नियन्त्रणमा लिएको हो ।बर्खायाममा खोलानाला बन्द हुने गरे पनि अवैध रुपमा धमाधम उत्खनन भइरहेको  सूचनाका आधारमा प्रहरीले खुटिया नदीबाट ती ट्रयाक्टर नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए। गोदावरी नगरपालिका –९ सेहरीमा तल्लो खुटियाबाट  ढुङ्गाबालुवा भरिरहेका अवस्थामा ट्रयाक्टर नियन्त्रणमा लिइएको जनाइएको छ  ।

कैलालीमा जारी निषेधाज्ञाका अवधिमा जिल्लाका विभिन्न खोलानाला तथा नदीमा नदीजन्य पदार्थको अवैधरुपमा उत्खखन भइरहेको छ । गत असारदेखि यही भदौ अन्तिमसम्म बर्खायाममा खोलानाला तथा नदीमा ढुङ्गा, गिट्टी, बालुवालगायत पदार्थ उत्खनन गर्न रोक लगाइएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु