Information is intelligence
HomeNewsप्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु

प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु

- Advertisement -spot_img

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका एक कोरोना सङ्क्रमितको आज अपराह्न मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का ६७ वर्षीय पुरुषको आज १२ः३० बजे उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।
उच्च ज्वरो र  श्वासप्रश्वासमा समस्या देखिएपछि आज बिहान ४.३५ बजे अस्पतालको फिभर क्लिनिकमा स्वास्थ्य जाँच र पिसिआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएपछि सोही क्लिनिकको आइसोलेशनमा भर्ना भएका सङ्क्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

कोरोना सङ्क्रमित मृतकमा दीर्घरोगका रुपमा मुटुरोग, मधुमेह र उच्च रक्तचाप रहेको अस्पतालले जनाएको छ । यससँगै रुपन्देहीमा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुने नौ जना पुगेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु