Information is intelligence
HomeNewsकागेश्वरी मनोहराले निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने

कागेश्वरी मनोहराले निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने

- Advertisement -spot_img

कागेश्वरी मनोहरा नगरपालिकाले नगरभित्र रहेका दीर्घरोगी, मिर्गाैला, अर्बुदरोगलगायत बिरामीलाई निषेधाज्ञाका कारण समस्या भएकाले अस्पताल लैजान तथा ल्याउन निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने भएको छ ।  नगर प्रमुख कृष्णहरि थापाका अध्यक्षतामा आज बसेको नगर कार्यपालिकाको बैठकले कोरोना बीमा गर्न इच्छुक नगरवासीलाई सिफारिस र  स्वास्थ्यसम्बन्धी सिफारिस निःशुल्क गर्ने निर्णय गरेको हो ।

थापाका अनुुसार सबै वडामा यसअघि नै गठन गरिएको विपत् समितिलाई क्रियाशील गराई कोरोना सङ्क्रमण रोकथामका लागि आवश्यक सहयोग गर्ने निर्णय भएको छ ।

सङ्क्रमण भएको व्यक्तिको विवरण नगर स्वास्थ्य शाखाले राख्ने र पिसीआर टेष्ट गर्दा सम्बन्धितत व्यक्तिको पहिचान खुल्ने परिचयपत्रको फोटोकपी रेकर्ड अनिवार्य रुपमा राख्ने, पालिकामा सक्रिय नेपाल प्रहरीलगायतलाई आवश्यक सहयोगको व्यवस्था गर्ने, कोरोना बीमाका लागि आवश्यक परामर्श र अन्य समन्वय गर्ने तथा नगरपालिकाभित्र रहेका स्वास्थ्य केन्द्रलाई अत्यावश्यक कामका लागि पुनःसञ्चालन गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता राजाराम पुडासैनीले जानकारी दिए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु