Information is intelligence
HomeEconomyखातामा भएकाे भन्दा बढी शेयर बिक्रीःजरिवाना तिर्नुपर्छ?

खातामा भएकाे भन्दा बढी शेयर बिक्रीःजरिवाना तिर्नुपर्छ?

- Advertisement -spot_img

भदाै १४: आज बिक्री अर्डरमा राखेका सेयरको विवरणहरु प्रष्ट नदेखिंदा सेयर बिक्री भएको हो वा होइन भन्ने जानकारी लिनबाट लगानीकर्ता बञ्चित भएका छन् । एकपटक राखेको अर्डर नदेखिएपछि फेरि सेल अर्डर गर्दा २ वा ३ पटकसम्म बिक्री भएको विवरण देखियो, अब के हुन्छ ? क्लोज आउट हुने हो वा आजको कारोबार रद्द हुन्छ भन्ने दाेधारमा लगानिकर्ताहरू थिए।

नेप्सेको नियमअनुसार खातामा नभएको सेयर बिक्री गर्दा क्लोज आउटमा परिन्छ र जरिवना तिर्नुपर्ने हुन्छ । तर आजकाे गल्ति भने लगानीकर्ताको होइन ।नेप्सेको प्रविधिले काम नगरेको हो ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले त्यस्ता लगानीकर्ताको समस्या आफ्नाे ब्रोकरमार्फत नेप्सेलाई जानकारी गराइएमा क्लोज आउटमा नपर्नेबताएका छन्।समयमा नै ब्राेकर कम्पनिलाई जानकारी गराउनसमेत उनले आग्रह गरेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु