Information is intelligence
HomeNewsधनुषा जिल्लामा पुनः एक साता निषेधाज्ञा थप

धनुषा जिल्लामा पुनः एक साता निषेधाज्ञा थप

- Advertisement -spot_img

कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले धनुषा जिल्लाभर पुनः एक साताका लागि निषेधाज्ञाको  आदेश जारी गरेको छ । गत साउन १८ देखि शुरू भएको निषेधाज्ञा आज पाँचौंँ पटक थप गरी भदौ २१ गतेसम्म पुर्याइएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार आज सुरक्षा समितिको बसेको बैठकले राति १२ बजेदेखि लागु हुने गरी आगामी आइतबार राति १२ बजेसम्म जिल्लाभरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । निषेधाज्ञा अवधिमा सार्वजनिक सवारी यातायात, इरिक्सा र  निजी सवारी साधनमा रोक लगाइएको छ । त्यस्तै खाद्यान्न पसल, फलफूल, तरकारी, दूध, हार्डवेयरलगायत पसल बिहान ६ देखि मध्याह्न १२ बजेसम्म सञ्चालन हुने निर्णय गरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु