Information is intelligence
HomeNewsथ्रेसरले टाउको च्यापेर चालकको मृत्यु

थ्रेसरले टाउको च्यापेर चालकको मृत्यु

- Advertisement -spot_img

च्याउ खेतीका लागि पराल काट्ने क्रममा थ्रेसर यन्त्रले टाउको च्यापेर आज झापा, कनकाई नगरपालिकामा एक व्यक्तिको ज्यान गएको छ ।

कनकाई –२ निवासी २४ वर्षीय विकास लिम्बूको चलिरहेको थ्रेसर मेसिनले टाउको च्यापेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिप्रका झापाका प्रवक्ता राकेश थापाका अनुसार  हरि कार्कीका घरमा च्याउ खेतीका लागि पराल काट्नका लागि मे १ त ६४४७ नम्बरको ट्रयाक्टरमा थ्रेसर जडान गरिएको थियो ।  अचानक अपराह्न १ः ३० बजे यन्त्रमा च्यापिएर  लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु