Information is intelligence
HomeNewsफरार प्रतिवादी पक्राउ

फरार प्रतिवादी पक्राउ

- Advertisement -spot_img

कास्की प्रहरीले सरकारी छाप किर्ते मुद्दामा दोषी ठहरिएका तीन जना फरार प्रतिवादी पक्राउ गरेको छ । पर्वतको मोदी गाउँपालिका–६ तिलाहर घर भई चाउथेमा व्यापार गर्ने निर्दोष गिरी, पोखरा महानगरपालिका–३३ का ऋषिराम गिरी र पोखराको हरिचोकका असिम भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुवास हमालले जानकारी दिए ।

उहाँका अनुसार पक्राउ तीनै जना जिल्ला अदालतले २०७५ वैशाखमै दोषी ठहर गरे गरे पनि हालसम्म फरार थिए । जिल्ला अदालतले उनीहरुलाई सरकारी छाप दस्तखत किर्ते मुद्दामा एक वर्ष कैद सजाय सुनाएको थियो । पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत पोखरामा पेस गरिएको प्रहरीले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु