Information is intelligence
HomeEconomyएक बैंकको एटिएमकार्ड अर्को बैंकमा प्रयोग गर्दा शुल्क नलाग्ने

एक बैंकको एटिएमकार्ड अर्को बैंकमा प्रयोग गर्दा शुल्क नलाग्ने

- Advertisement -spot_img

एक बैंकको एटिएम कार्ड प्रयोग गरी अन्य बैंकको एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने भएको छ।

केन्द्रिय बैंकले आइतबार भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशिका २०७७ जारी गर्दै एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटिएम कार्ड स्वदेश भित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटिएममा प्रयोग गर्दा कार्ड प्रयोगकर्तासँग कुनै शुल्क लिन नपाइने व्यवस्था गरेको छ।

यसअघि लकडाउनको समयमा बैंकहरुले अन्तरबैंक एटिएम प्रयोग गर्दा शुल्क नलिए पनि लकडाउन खुलेसँगै अन्तरबैंक एटिएम प्रयोग गर्दा शुल्क लिने गरेका थिए। अब भने बैंक तथा वित्तीय संस्थाहरुले अन्तरबैंक एटिएम प्रयोग गर्दा ग्राहकबाट कुनै शुल्क लिन नपाउने भएका छन्।

त्यस्तै बैंक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा एउटै प्रकारको एक भन्दा बढी
कार्ड (डेबिट-क्रेडिट) जारी गर्न पाउने छैन भने कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिन अगावै सोको सूचना ग्राहकलाई एसएमएस मार्फत दिनुपर्नेछ तथा कार्ड नवीकरण शुल्कको बारेमा समेत जानकारी गराउनुपर्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु