Information is intelligence
HomeNewsपर्यटन बोर्डका सिइओ को भनाई प्रति टानको गम्भीर ध्यानाकर्षण

पर्यटन बोर्डका सिइओ को भनाई प्रति टानको गम्भीर ध्यानाकर्षण

- Advertisement -spot_img

ट्रेकिङ एजेन्सिज् एसोसियसन नेपाल (टान) ले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले बीबीसीमा बोलेको शब्द प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आईतबार एक विज्ञप्ति निकाल्दै टानले नेपालको मौलिक पहिचानको रुपमा रहेको पर्वतिय पर्यटन र यससँग आवद्द हजनरौं पदयात्रा हिमाल आरोहण सम्वन्धी व्यवसायी एवं पर्यटन मजदुरहरु प्रति लक्षित गर्दै झोलामा कम्पनी बोक्ने, एकाघरका ले कम्पनी चलाएर रोजगारी श्रृजना गर्ने, कर नतिर्ने र राज्यलाई अत्यन्त सानो नगन्य मात्र योगदान दिएको क्षेत्र रहेको भन्ने शब्द प्रयोग भएकाे जनाएको छ ।

साथै टानले यस क्षेत्रमा आबद्ध व्यवसायी र पर्यटन मजदुरलाई अविश्वासनीय तरिकाले हेर्ने, एकदमै तल्लो स्तरको भाषा प्रयोग गर्ने, हेप्ने तथा होच्याउने जस्ता भाषा प्रस्तुति र शैलि सहित शब्द र भनाईहरु नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत जस्तो जिम्मेवारी पदमा रहनुभएका पदाधिकारीबाट व्यत्त भएकोमा ट्रेकिङ एजेन्सिज् एसोसियसन नेपाल टानको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

टानले निकालेको विज्ञप्ति मा भनिएको छ “बीबीसी नेपाली सेवामा बीबीसी नेपाली सेवाको पर्सा हरित प्रसारित बिबिसी बहस कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले नेपालको मौलिक पहिचानको रुपमा रहेको पर्वतिय पर्यटन र यससँग आवद्द हजनरौं पदयात्रा हिमाल आरोहण सम्वन्धी व्यवसायी एवं पर्यटन मजदुरहरु प्रति लक्षित गर्दै “झोलामा कम्पनी बोक्ने, एकाघरका ले कम्पनी चलाएर रोजगारी श्रृजना गर्ने, कर नतिर्ने र राज्यलाई अत्यन्त सानो नगन्य मात्र योगदान दिएको क्षेत्र रहेको भन्ने भन्ने शब्द”  प्रयोग गर्नु भएको पाइयो । यसरी यस क्षेत्रमा आबद्ध व्यवसायी र पर्यटन मजदुरलाइ अविश्वासनीय तरिकाले हेर्ने, एकदमै तल्लो स्तरको भाषा प्रयोग गर्ने, हेप्ने तथा होच्याउने जस्ता भाषा प्रस्तुति र शैलि सहित शब्द र भनाईहरु नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत जस्तो जिम्मेवारी पदमा रहनुभएका पदाधिकारीबाट व्यत्त भएकोमा ट्रेकिङ एजेन्सिज एसोसियसन नेपाल टानको गम्भीर ध्यानाकर्षण भएको अवगत गराउँदछौं । साथै प्रमुख कार्यकारी अधिकृत डा. रेग्मीद्वारा व्यक्त तमाम भनाई तथा विचारहरुलाई यस संस्था पूर्ण रूपले घोर भत्सर्ना गर्दै खारेज गर्दछ ।

कोरोना covid19 भाइरसको संक्रमणबाट तहसनहस भएको पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखी राहात तथा पुनरूत्थानका कार्यक्रमहरु कार्यान्वयनमा ल्याउन पर्ने जिम्मेवारी निकायका पदाधिकारीहरुबाट व्यत्त यस भनाइहरूलाई सार्वजनिक रुपमा माफी मागी गल्ति सच्चाइ अगाडि बढ्न अनुरोध गर्दछौं । नेपालको आर्थिक नेपालको आर्थिक विकासमा पर्यटन क्षेत्रले पुर्याएको योगदान हाम जतिकै घामजत्तिकै छर्लङ्ग रहेकोमा दुईमत नरहेको तर्फ सचेत गराउँदै प्रमुख कार्यकारी अधिकृत डाक्टर रेग्मीबाट यस संस्थाको आग्रहबमोजिम कार्य नभएमा कठोर विकल्पहरू सोच्न बाध्य हुने समेत जानकारी गराउँदछौं ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु