Information is intelligence
HomeNewsबर्दियामा महिलामैत्री आइसोलेसन कक्ष

बर्दियामा महिलामैत्री आइसोलेसन कक्ष

- Advertisement -spot_img

बर्दिया जिल्लास्थित गुलरिया नगरपालिकामा  महिलामैत्री आइसोलेशन कक्ष निर्माण भएको छ । दुई साताअघि महिलालाई मात्र राख्न मिल्ने आइसोलेशन सञ्चालनमा ल्याइएको स्वास्थ्य कार्यालय बर्दियाका फोकलपर्सन  कृष्णगोपाल चौधरीले जानकारी दिए।

उनका अनुसार कोरोना सङ्क्रमित महिलाको अब त्यहीँ उपचार हुनेछ । जिल्लामा शुक्रबारसम्म ३२९ कोरोना सङ्क्रमितमध्ये ६२ महिला छन् । तीमध्ये ५२ जना निको भएर घर फर्केका छन् ।
बर्दिया जिल्ला समन्वय समितिले बनाएको उक्त आइसोलेशन वार्डमा जेनेरेटरसहित एसी जडान गरिएको छ । सङ्क्रमितको उपचारका लागि दुई स्वास्थ्यकर्मी र सुरक्षाकर्मी छन् । छब्बीस शय्याको उपचार केन्द्र बनाइएको बर्दिया  जिसस प्रमुख शङ्करप्रसाद थारूले बताए।

सङ्क्रमितका लागि उपचार केन्द्र नहुँदा बाँकेलगायत जिल्लामा जानुपर्ने बाध्यता थियो । आइसोलेशन निर्माणमा करीब रु एक लाख ५० हजार बर्दिया जिससले व्यहोरेको जनाइएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु