Information is intelligence
HomeEconomyसमाज लघुवित्तको आइपीओ दिउँसो २ बजे बाँडिने

समाज लघुवित्तको आइपीओ दिउँसो २ बजे बाँडिने

- Advertisement -spot_img

काठमाडौं : आज सोमबार (भदौ १५ गते) समाज लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट हुनेभएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यपिटलका अनुसार आफ्नै कार्यालय नारायणचौर नक्साल काठमाडौंमा दिउँसो २ बजे आइपीओ बाँडफाँट हुने कार्यक्रम तय भएको छ । मागभन्दा १४८.२३ गुणा बढी आवेदन परेको कारण, समाजको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुने भएको छ। जसमा ८ हजार ७० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ५ लाख ५५ हजार ९२८ जनाको भने हात खाली हुनेछ ।

यसमा कुल ५ लाख ६३ हजार ९९८ जनाले  १ करोड १९ लाख ६२ हजार ७०० कित्ताका लागि आवेदन दिएका छन् जसमा ८ हजार ७० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ५ लाख ५५ हजार ९२८ जनाको भने हात खाली हुनेछ ।

कुल १ अर्ब १९ करोड ६२ लाख ७० हजार रुपैयाँ बरारको आवेदन परेको छ । समाजले भदौ ४ गतेबाट ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको हो ।

यसमध्ये १ हजार कित्ता अर्थात जारी पुँजीको ५% कर्मचारीहरुका लागि र कुल निष्कासनको ५% अर्थात ४ हजार ३ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी रहेको ८० हजार ७ सय कित्ताका लागि आवेदन दिन पाएका छन् । २०६८ साल फागुन २५ गतेदेखि सञ्चालनमा आएको समाज लघुवित्तको केन्द्रीय कार्यालय सिराहमा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु