Information is intelligence
HomeNewsछाप भञ्ज्याङका ६५ घर जोखिममा

छाप भञ्ज्याङका ६५ घर जोखिममा

- Advertisement -spot_img

पहिराका कारण शङ्खरापुर नगरपालिका– १ छाप भञ्ज्याङका ६५ घर जोखिममा परेका छन् । अविरल वर्षाका कारण केही दिनअघिदेखि खसेको निरन्तर पहिराले बस्ती छाप भञ्ज्याङ बस्ती जोखिममा परेको हो ।

स्थानीय गोपाल ढकालका अनुसार– पाँगो माटो भएको ५० रोपनी जग्गा तल भासिँदै गएकाले बस्ती जोखिममा परेको हो । यसैगरी सहायक राजमार्गका रुपमा रहेको सडकखण्ड पनि तीन फिट भासिएको छ ।

समयमै यसको रोकथाम तथा सडकको मर्मत गर्न उनले आग्रह गरे।  तत्काल रोकथामको पहल नगर्ने हो र सडकको अवस्थाको सुधार नगर्ने हो भने यहाँका स्थानीयले यातायात सञ्चालनसमेत गर्न नपाउने तथा सडकसँगको सम्बन्ध नै टुट्ने अवस्था रहेको स्थानीयको गुनासो छ ।

पहिरोले सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाको सिमानामा रहेको दुर्गम बस्ती केराबारी जाने बाटोसमेत भासिएको छ । उक्त सडकखण्डमा अहिले मोटरसाइकलसमेत जानसक्ने अवस्था छैन । स्थानीय तहको उपभोक्ता समितिले विनाप्राविधिक आफूखुशी स्काभेटरको प्रयोग गरी जथाभावी सडक खनेका कारणले पनि  समस्या आएको बताइएको छ ।

शङ्खरापुर नगरपालिकाको जहरसिंहपौवा हुँदै सिन्धुपाल्चोक मेलम्ची जोड्ने सडकखण्डको अवस्था पनि निकै दयनीय छ । स्थानीय सरकारको बेवास्थाका कारण सो सडकखण्डको अहिलेसम्म उचित मर्मत हुन सकेको छैन ।

साना तथा ठूला सवारीसाधन गरी दिनहुँ सयौँ सङ्ख्यामा गुड्ने सवारीसाधन आवतजावतमा निकै कठिनाइ हुने गरेको छ । बस्ती र सडक जोखिममा परेको गुनासो पछि शङ्खरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ उक्त क्षेत्रमा अनुगमनका लागि पुगेका थिए । उनले स्थलगत निरीक्षणपछि उक्त बस्तीकोे भू–बनोट हेर्दा भूगर्वविद् ल्याएर अध्ययन गर्नुपर्ने रहेको जानकारी दिए। भूक्षय नियन्त्रण तथा पहिरो रोकथामका लागि तत्काल समन्वयन गरी थप क्षति हुन नदिन पहल गर्ने उनले बताए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु