Information is intelligence
HomeHealthदार्चुलामा स्क्रब टाइफसका बिरामी

दार्चुलामा स्क्रब टाइफसका बिरामी

- Advertisement -spot_img

जिल्लामा स्क्रब टाइफसका बिरामी भेटिएका छन् । जिल्ला अस्पताल दार्चुलाका अनुसार दुई महिला र तीन पुरुष गरी पाँच जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको हो ।
महाकाली नगरपालिकाका एक पुरुष, मालिकार्जुन गाउँपालिकाका दुई महिला र एक पुरुष तथा व्याँस गाउँपालिकाका एक  पुरुषमा स्क्रब टाइफसको सङ्क्रमण देखिएको जिल्ला अस्पतालका डा गजेन्द्र दुवालले बताए ।
उनीहरुमध्ये एक जनालाई धनगढी रेफर गरिएको तथा एक जनालाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ । अन्यको सामान्यावस्था छ । स्क्रब टाइफसको जस्तै लक्षण भएका बिरामी अस्पताल आएपछि परीक्षण गरिएको जिल्ला अस्पतालले जनाएको छ । यसअघि पनि मालिकार्जुन गाउँपालिकामा स्क्रब टाइफसको लक्षण देखिएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु