Information is intelligence
HomeNewsबलात्कार अभियोगमा एक पक्राउ

बलात्कार अभियोगमा एक पक्राउ

- Advertisement -spot_img

प्रहरीले पोखरा महानगरपालिका वडा नं १० रामबजारका नौ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा स्थानीय ५५ वर्षीय रेशबहादुर गुरुङलाई  पक्राउ गरेको छ । विगत चार÷पाँच महिनादेखि बालिकालाई ललाइफकाइ यौन शोषण गर्दै आइरहेको भन्ने उजुरीका आधारमा गुरुङललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।

स्याङ्जा बिरुवा गाउँपालिका वडा नं ८ टोड्केमा लुकेको अवस्थामा आइतबार राति गुरुङ पक्राउ परेका जनाइएको छ । प्रवक्ता हमालका अनुसार घटनामा संलग्न गुरुङलाई जबर्जस्ती करणी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु