Information is intelligence
HomeNews८९९ कोरोना संक्रमित थपिए,उपत्यकामा २९८ संक्रमित

८९९ कोरोना संक्रमित थपिए,उपत्यकामा २९८ संक्रमित

- Advertisement -spot_img

काठमाडौं । नोभेल कोरोना भाइरसका ८९९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा ८९९ संक्रमित थपिएको जानकारी दिए ।

काठमाडौंमा  १९० जना, भक्तपुरका ४१ जना र ललितपुरमा  ६७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो।

८९९ संक्रमित जसमा ३०३  महिला र ५९६ पुरुष रहेका छन् ।

त्यसैगरी हालसम्म २१ हजार ४१० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५४ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट ११ हजार १२९  जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख ९३  हजार ३७२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १० हजार  जना र होम आइसोलेसनमा ६ हजार  रहेका छन् । आजसम्म देशभर ७ हजार ३३७  जना क्‍वारेन्टिनमा रहेका छन् ।

बागमती प्रदेशमा १३ जना, प्रदेश ५ मा दुई जना र प्रदेश १ मा १ जना गरी १६ जना भेन्टिलेटरमा रहेका छन् । देशभर १३२ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, चितवन, रुपन्देही, मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं र ललितपुर रहेका छन् । मुस्ताङ र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ।

हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ३९ हजार ४६०  पुगेको छ ।

आइतबार देशभर १२ हजार ७१७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२१ जनामा कोरोना पोजेटिभ देखिएको थियो । सोही अवधिमा २६७ जना डिस्चार्ज भएका थिए भने १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु