Information is intelligence
HomeBusinessहोम डेलिभरीमा अवरोध नगरः युवा उद्यमी मञ्च

होम डेलिभरीमा अवरोध नगरः युवा उद्यमी मञ्च

- Advertisement -spot_img

नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्चले निषेधाज्ञाको समयमा अनलाइन होम डेलिभरी गर्ने व्यापार तथा व्यवसायमा कुनै पनि अवरोध नगर्न सरकारसँग माग गरेको छ । मञ्चले उक्त कारोवार सकेसम्म नगदरहित बनाउने प्रयास गरिएको आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बन्दाबन्दी तथा निषेधाज्ञाको समयमा युवा व्यवसायीले सिर्जनात्मक काम स्वरुप नै मानिसको दैनिक उपभोग्य वस्तु घर घरमा पुर्याई नागरिकको  दैनिक आवश्यकता परिपूर्ति गरेको मञ्चको भनाइ छ ।  अनलाइन प्रविधिमार्फत काम गरी घरमा सामान पुर्याउने यस्ता व्यवसायले  आफ्नो वितरण प्रणालीलाई समेत अत्यन्तै सुरक्षित राखेको र सामान आपूर्ति गर्ने सवारी साधनलाई हरेक दिन निसङ्क्रमित गरिएको, कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) लगाएको मञ्चले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु