Information is intelligence
HomeInternationalभारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन

- Advertisement -spot_img

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको छ । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित बनेका मुखर्जीको सन २०२० अगस्त ३१ मा नयाँ दिल्लीमा निधन भएको हो । उनी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति थिए ।

भारतको अर्थ, रक्षा र परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका मुखर्जीको हालै सेनाको आर एन्ड आर अस्पतालमा मस्तिष्कको शल्यक्रिया गरिएको थियो।

अगस्ट १० मा उनले ट्वीट गर्दै आफू कोरोनाभाइरस सङ्क्रमित भएको बताएका थिए।

मुखर्जी केही समयदेखि कोमामा थिए।

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मुखर्जीको निधनमा दुःख प्रकट गर्दै भारतीय जनता र सरकार तथा शोकाकुलसँग समवेदना व्यक्त गरेका छन्।

राष्ट्रपति भण्डारीले मुखर्जीको निधनबाट “नेपालले एक असल मित्र गुमाएको” उल्लेख गरेकी छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु