Information is intelligence
HomeEducationप्राविधिक तालीम खारेजको निर्णय दुःखद : नेविसङ्घ

प्राविधिक तालीम खारेजको निर्णय दुःखद : नेविसङ्घ

- Advertisement -spot_img

नेपाल विद्यार्थी सङ्घले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) बाट सञ्चालित तालीम खारेज गर्ने सरकारको निर्णय दुःखद् भएको बताएको छ ।

नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज विज्ञप्ति जारी गरी सीटीइभीटीबाट सञ्चालित चिकित्सा शिक्षासम्बन्धी सिएमए, एएनएम, ल्याब असिस्टेन्टलगायत टीएसएलसी र एसइईस्तरका १८ महिने स्वास्थ्य तालीम खारेज गर्ने सरकारको निर्णय गलत भएको बताएका हुन्। “प्राविधिक शिक्षासम्बन्धी भावी योजना र विकल्पसमेत नदिएर विगत २५ वर्षदेखि अविछिन्न सञ्चालित तालीम बन्द गर्दा ठूलो अन्योल छाएको  छ”, ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । नेविसङ्घले हाल कोभिड–१९ विरुद्धको सङ्घर्षमा अग्रभागमा कार्यरत सिएमए, एएनएम, ल्याब असिस्टेन्टलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टो उनीहरुसहित देशभर स्वास्थ्य शिक्षामा तालीमरत १२ हजार विद्यार्थीलाई आतङ्कित बनाउँदै कुनै खाका र योजनाबिनै बन्द गरिनु घोर आपत्तिजनक विषय भएको बताएको छ ।

नेविसङ्घका महामन्त्री दीपक भट्टराईले खुलेका शैक्षिक संस्थालाई पूर्वाधार सम्पन्न गर्दै जानुपर्नेमा सीपमूलक तालीम बन्द गर्नु सरकारको गैरजिम्मेवारी कार्य भएको उल्लेख गरे।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु