Information is intelligence
HomeNewsविपन्न परिवारका लागि विराटनगरमा फुड बैंक सञ्चालनमा

विपन्न परिवारका लागि विराटनगरमा फुड बैंक सञ्चालनमा

- Advertisement -spot_img

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न परिवारका लागि यहाँ फुड बैंक सञ्चालनमा ल्याइएको छ ।

निशेधाज्ञाका कारण रोजगारी गुमाएका परिवारलाई लक्षित गरी आजदेखि ‘फुड बैंक’ सञ्चालनमा ल्याइएको हो । फुड बैंकमा एक जना व्यक्तिलाई अढाइ केजी चामल, आधा लिटर तेल, २५० ग्राम दाल, सोयाबिन र नुन रााखिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर सभापति सागर थापा र सचिव हेम कार्कीसहितको टोलीले २० क्विण्टल चामलसहित खाद्यान्न सङ्कलन गरी फुड बैंकको व्यवस्थापन गरेका छन्।

फुड बैंकका लागि निर्माण व्यवसायी, विद्यार्थी, राजनीतिक दलका नेता, सामाजिक क्षेत्रका अगुवा एंव स्वयंसेवक युवाले योगदान पुर्याएका छन् । यो अभियानबाट आर्थिक अवस्था नाजुक भएका परिवारलाई राहत पुग्ने नेकपा नगर अध्यक्ष थापाले बताए । बन्दाबन्दी र निषेधाज्ञाका कारण मारमा परेका विपन्न र मजदूर परिवालाई भोकै बस्नु नपरोस् भन्ने उद्देश्यले खाद्यान्न सामग्री पुर्याउन ‘फुड बैंक’ स्थापना गरिएको फुड बैंक सोसाइटीका संयोजक सुरज कटुवालले जानकारी दिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु