Information is intelligence
HomePoliticsअतिक्रमणको चपेटामा सरकारी तथा सामुदायिक वन

अतिक्रमणको चपेटामा सरकारी तथा सामुदायिक वन

- Advertisement -spot_img

जिल्लामा सामुदायिक तथा सरकारी वन अतिक्रमणको चपेटामा परेको छ । सामुदायिक वन तथा सरकारी वनबाट सुकुम्बासी तथा तस्करहरुले दिन प्रतिदिन वनजन्य पदार्थ चोरी तस्करी गर्ने गरेका कारण सरकारी तथा सामुदायिक वन अतिक्रमणको चपेटामा परेको हो ।

सरकारी तथा सामुदायिक वनमा कतै बस्ती बसेका छन् भने कतै सरकारी भवन नै निर्माण भएका छन् । जिल्लाको लालबन्दी नगरपालिका—२ मा रहेको नन्देश्वरी सामुदायिक वन उपभोक्ता समूहको जङ्गल क्षेत्रमा अतिक्रमण गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको भवन निर्माण गरिएको छ ।
लालबन्दी नगरपालिका—१ स्थित नवलपुरमा जङ्गल क्षेत्रमा निर्माणाधीन जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको भवन निर्माणस्थलबाट सिसौका आठ÷नौ वटा रुखहरु रातारात काटिएको बताइएको छ ।

राष्ट्रपति चुरे संरक्षणको कार्यक्रम चलिरहेको क्षेत्रबाट वन विनाश भइरहेको नन्देश्वरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष उदयबहादुर कार्कीले बताए। जिल्लाको बाँके खोलादेखि बागमती नदीसम्मको क्षेत्रबाट हरेक दिन काठ चोरी निकासी हुने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । त्यसैगरी राजनीतिक आडमा सागरनाथ वन विकास परियोजनाको जङ्गल क्षेत्रमा अतिक्रमण गरी करिब आठ÷नौ सय घर निर्माण गरी बस्ती नै बसेका छन् ।

विसं २०५० यता गरीब तथा सुकुम्बासीको नाममा वनको जग्गा अतिक्रमण हुने गरेको पाइएको छ । जिल्लाको बागमती नगरपालिका वडा नं ४ र ५ मा करिब एक हजार घर निर्माण भएका छन् । भारतसँग खुल्ला सिमाना भएका कारण रातको समयमा यसरी चोरी निकासी भएको वनजन्य पदार्थ सिधैँ सीमा नाकामा पुग्ने गरेको वन कार्यालयले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु