Information is intelligence
HomeNewsसप्तरीमा हात्ती आतङ्कः पाँच घरमा तोडफोड

सप्तरीमा हात्ती आतङ्कः पाँच घरमा तोडफोड

- Advertisement -spot_img

कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीको समूहले सप्तरीको उत्तरी क्षेत्रमा गएराति पाँच वटा घरमा तोडफोड गरेर क्षति पुर्याएको छ ।

जिल्लाको कञ्चनरुप नगरपालिका–१० बदगामामा गए राति जङ्गली हात्तीको समूहले पाँच वटा घरमा तोडफोड गरेर क्षति पुर्याएको हो ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट नौ वटाको समूहमा आएको जङ्गली हात्तीले कञ्चनरुप नगरपालिका–१० बदगामामा पाँच वटा घरमा तोडफोड गरेको वडाध्यक्ष दिलीप चौधरीले जनाकारी दिए। सो हात्तीको समूहले स्थानीयवासी सम्झाना देवी यादवको एक, मनोज गुप्ताको एक, जयकृष्ण कुमार कुसियैतको दुई र सुदामा कुसियैतको एक वटा घरमा तोडफोड गरेको वडाध्यक्ष चौधरीले बताए।

हात्तीले घरमा तोडफोड गर्र्दा घरभित्र रहेका चार ड्रम चामल, तीन ड्रम गहुँ र अन्य अन्नपात खानुका साथै घरको आँगनमा रहेको खानेपानी टु्यवबेलसमेत उखेलेर फालेको पीडित सञ्जय कुसियैतले जानकारी दिए। ती हात्तीलाई स्थानीयवासी र इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले धपाउन सफल भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सो क्षेत्रमा दैनिक हात्ती आतङ्क बढेपछि स्थानीयवासी जाग्रामसमेत बस्न बाध्य रहेको सोही ठाउँका अञ्जनी यादवले गुनासो गरे। विगत छ महिनादेखि कोरोना सङ्क्रमण फैलिएर घरमै बस्नुपर्ने बाध्यता रहेको बेला जिल्लाको कञ्चनरुप नगरपालिका, सप्तकोशी नगरपालिका अग्निकृष्णसवरण गाउँपालिकाकालगायत करिब दुई दर्जनभन्दा बढी गाउँमा दैनिकजसो हात्ती पस्ने गरेको स्थानीयवासीको भनाइ छ । यस क्षेत्रमा बढेको हात्ती आतङ्कलाई नियन्त्रण गर्न सम्बन्धित निकाय मौन रहेको स्थानीयवासीको भनाइ छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु