Information is intelligence
HomeNewsपहिराेले मुहान पुरिँदा समस्या

पहिराेले मुहान पुरिँदा समस्या

- Advertisement -spot_img

झापा , गए राति परेको भारी वर्षाका कारण धुलाबारी खानेपानीको मुहान पुरिँदा नियमित पानी वितरणमा कठिनाइ भएको छ ।

बुद्धशान्ति गाउँपालिका–६ स्थित पानीको मुहान पहिरोका कारण पुरिँदा पानी वितरणमा समस्या भएको हो । पहिरो पन्छाउने पहल भइरहेको धुलाबारी खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष चेतन विष्टले बताए। “विकट ठाउँमा मुहान छ, जेसीबी जाने बाटो छैन”, उनले भने, “मजदूर लगाएर पहिरो हटाउने काम गरिरहेका छौँ । थप पानी परेन भने तीन चार दिनभित्रमा सकिन्छ होला । अनि मात्र पानी वितरण नियमित गर्न सकिन्छ ।”

पहाडको फेदीबाट निस्किएको जरुवा पानी जापान सरकारको आर्थिक सहयोगमा १३ वर्ष अघिदेखि ल्याएर धुलाबारी खानेपानी उपभोक्ता समितिले मेचीनगर ९, १० र ११ नम्बर वडाका चार हजार ७०० बढी उपभोक्तालाई वितरण गर्दै आएको थियो । समितिका उपाध्यक्ष विष्टले सो जरुवा पानीसँगै डिप बोरिङबाट खानेपानीको कार्यालय र मागुरमाडीबाट पानी निकाल्दै आए पनि त्यसले आधा उपभोक्तालाई पनि नधान्ने जानकारी दिए। उनले तत्काल विकल्प नखोजे धुलाबारीमा पानीको हाहाकार हुने बताए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु