Information is intelligence
HomeSportsअब के गर्लान मेस्सी ? के २०२०/२१ काे सिजन फ्रीमा खेल्लान्?

अब के गर्लान मेस्सी ? के २०२०/२१ काे सिजन फ्रीमा खेल्लान्?

- Advertisement -spot_img

ESPN का अनुसार लियोनल मेस्सीले बार्सिलोना नि: शुल्क छोड्ने हाे भने अर्को सीजन कुनै फुटबल न खेल्ने प्रतिबद्धता गर्नुपर्दछ।

ESPN ले दावी गरेको छ कि बार्सिलाेनाले मेस्सीसँगको सम्झौताकाे व्याख्या भिन्न ढंगले गरेको छ ।ESPN का अनुसार उनले कानुनी रूपमा सम्झाैता पालना गरेर फ्रीमा बाहिरिने हाे भने अर्काे सिजन कुनै म्याच खेल्ने छैनन्।

३३ बर्षे मेस्सीले ५४ मिलियन पाउन्डको क्याम्पनाउको तलब  एक सिजन माया मार्नुपर्ने छ र  उन्ले अर्को समरसम्म बिश्राम लिनु पर्ने छ। मेस्सीले फ्री-क्लजमा क्याम्पनाउबाट छुट्टीएर जाने आशा राखेका थिए तर ला-लिगाले उन्को अपिललाई खारेज गरेको छ। तसर्थ, नियमसंगत उन्को  रिलिज रकम ६३० मिलियन पाउन्ड नै यथावत रहेको छ।

यदि मेस्सी र बार्सिलोना सम्झौतामा आउन सकेनन् भने यस मुद्दालाई ल्याण्डमार्क अदालतले सुल्झाउनुपर्ने हुन सक्छ।

मेस्सीलाई कारबाही गर्ने चेतावनि

messi to get punished

साथै, बार्सिलोनाको  प्रि-सिजन प्रशिक्षणमा नफर्किएपछि छ पटकको बेलोन डी ओर विजेतालाई निलम्बन र £ १.१ मिलियन जरिवाना गर्न सक्ने पनि बताइएको छ।

क्याम्पनाउको कोरोना टेस्टमा भाग नलिएसँगै फुटबलको दुनियाँमा मेस्सीको भविष्यलाई लिएर धेरै  चर्चा परिचर्चा भएको थियो।

मेसीले आफूलाई बार्सिलाेनाकाे व्यक्ति हुन नसकेकाे आभाष भएकाे नवप्रशिक्षक काेम्यानलाई बताएपछि सबैतिर मेसीले क्लब छाड्ने चर्चा सुरू भएकाे थियाे ।

सिटिले खन्याउने मेस्सीमाथि पैसा

messi guardiola

हाल चलिरहेको विवादको बावजुद, बार्सिलोनाले क्लब कप्तानकाे रूपमा मेस्सीलाई २ वर्षे सम्झाैता गर्ने प्रस्ताव अघि सारेकाे छ ।यता म्यान्चेस्टर सिटी भने मेस्सीलाई हस्ताक्षर गर्न तम्तयार  स्थितिमा रहेको  छ।

स्पेनिस मिडियाले भनेका छन कि म्यान्चेस्टर सिटिले प्रस्ताव अगाडि बढाउन £ ८५ मिलियनको बिड लगाएको छ, जबकि सम्झौता सफल पार्नका लागि गाब्रिएल जीसस र एरिक गार्सियालाई विपरित दिशामा प्रस्ताव गर्दै छ।

यहाँसम्म कि मेसीले पेप गुआर्डियोलासँग कुरा गरेको खबरले पनि बिश्व बजारमा चर्चा पाइरहेकाे छ ।जसमा  म्यान्चेस्टर सिटीबाट नै दुई बेलाेन डी ओर उपाधि जित्ने कुरा उनले पेप गुआर्डिओलालाई बताएका छन्।

बार्सिलाेनामा मेस्सी समर्थककाे प्रदर्शन

बार्सिलोना प्रशंसकहरूले अधक्ष जोसेप मारिया बार्टोमेउको बिरूद्ध विरोध प्रदर्शन गरेका छन। अहिले ५७ बर्से अधक्ष्यले मेसीका पिता तथा म्यानेजरसँग वार्तालाप गर्न खोजेको जानकारी बाहिरिएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु