Information is intelligence
HomeNewsतनहुँमा ट्राफिक प्रहरीको नमस्कार अभियान

तनहुँमा ट्राफिक प्रहरीको नमस्कार अभियान

- Advertisement -spot_img

जिल्ला ट्राफिक कार्यालय तनहुँले चालक र आम नागरिकलाई मङ्गलबारदेखि नमस्कार अभियान थालेको छ । आमनागरिकसँगको सम्बन्धलाई प्रगाढ बनाउँदै शिष्टता र सभ्यतालाई अनुसरण गर्दै ट्राफिक प्रहरीको सेवा प्रवाहलाई सभ्य र राम्रो बनाउने उद्देश्यले नमस्कार अभियान थालिएको हो ।

पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ स्थित घाँसीकुवामा सवारी जाँच गर्दै उक्त अभियान शुरु गरिएको जिल्ला ट्राफिक कार्यालय तनहुँका इन्चार्ज रेशमबहादुर रानाभाटले जानकारी दिए। प्रदेश ट्राफिक कार्यालयको निर्देशनमा गण्डकी प्रदेशका ११ वटै जिल्लामा निर्देशन भइसकेको उनले बताए। उक्त निर्देशन जारी भएपछि अधिकांश जिल्लाले यस अभियानलाई व्यवहारमा लागू गरिसकेको उनले जानकारी दिए।

यस अभियानअन्तर्गत जाँचचौकी, सीमानाका र कार्यालयमा बसेर सेवा प्रदान गर्ने ट्राफिक प्रहरी, कर्मचारीले सेवाग्राहीलाई आदारयुक्त सम्बोधनसहित नमस्कार गर्दै तोकिएको कानूनबमोजिमको काम सम्पन्न गरी अन्त्यमा पुनः नमस्कार गरेर बिदाइ गर्नुपर्ने प्रावधान रहेको छ ।

ट्राफिक प्रहरीले आमनागरिकमाथि हुने गरेको दुव्र्यवहारको आरोपलाई चिर्दै उनीहरुको आचरणमा फरकपन दिनका लागि यो अभियान थालिएको हो । आमनागरिकप्रति उत्तरदायी भएर आफ्नो भूमिका निर्वाह गर्न तनहुँका ट्राफिक प्रहरी प्रतिबद्ध रहेको उनले बताए।

चालक र आम नागरिकलाई शिष्टाचार व्यवहार गर्ने अभियान थालेको पहिलो दिनमै रु २० हजार ५०० राजश्व सङ्कलन भएको छ । करिब डेढ घण्टाको अवधिमा सवारी जाँच गर्दा २५ विभिन्न सवारीलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्रक, जिप, मोटरसाइकल, ट्र्याक्टरलगायतका सवारीसाधनले ट्राफिक नियमविपरीत सवारी साधन चलाएको भेटिएकाले कारबाही गर्दा सो रकम सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय तनहुँका इन्चार्ज रानाभाटले बताए। यस अभियानलाई निरन्तरता  दिई सवारी जाँचलाई कडाइ गर्दै अघि बढ्ने योजना रहेको उनले जानकारी दिए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु